आज प्रतिनिधिसभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

२०८३ अषाढ़ २३ मङ्गलवार
सारांश
  • आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ ।

काठमाण्डौ, २३ अषाढ़ । आज प्रतिनिधिसभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ ।

 

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ ।

 

आज बिहान ९ बजेदेखि शुरु हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका मन्त्री र सचिवलाई छलफलका लागि बोलाइएको छ ।

 

त्यस्तै, बिहान ९ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित गर्ने र बेरुजु छलफल उपसमिति गठन बारे छलफलको कार्यसूची रहेको छ ।

 

त्यसैगरी आज बिहान साढे ९ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा समितिलाई जानकारी गराउने कार्यसूची रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार